२०८१ साउन १२, शनिवार , ०२:३१:२९ बजे

Sajhamanch
'

बेनी–जोमसोम–कोरला सडक पाँच दिनका लागि पूर्णरूपमा बन्द

शनिवार, साउन २७, २०८०

म्याग्दी । रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो।

भोलिदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि उक्त सडकखण्ड पूर्णरूपमा बन्द हुनेछ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरूपमा यातायात बन्द गर्न लागिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने सवारी साधानलाई चमेरे–राखु–पिप्लेबेगखोला सडकखण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ।

सम्बन्धित खबर