२०८१ साउन १२, शनिवार , ०३:३१:४८ बजे

Sajhamanch
'

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

शनिवार, मंसिर ३०, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याई हेर्न पाउँ भन्दै निवेदन दिएको थियो। पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समुचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ।

सम्बन्धित खबर