२०८१ साउन ११, शुक्रवार , ०५:०३:४१ बजे

Sajhamanch
'

नेकपा माओवादीको विधान सम्मेलन जारी

बुधवार, फागुन २, २०८०

काठमाडौं । सत्तारूढ दल नेकपा ९माओवादी केन्द्र०को विधान सम्मेलन आज पनि जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार उद्घाटन गरेको सम्मेलन भोलिसम्म चल्नेछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी सम्मेलनमा पार्टीको प्रस्तावित विधानमाथि छलफल गर्न २० समूह गठन गरिएको छ ।

पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले गएको पुस २७ गते अध्यक्ष प्रचण्डलाई मस्यौदा बुझाएको थियो ।

सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी रहेका पार्टीले जनाएको छ ।

सम्बन्धित खबर