२०८१ साउन १२, शनिवार , ०६:४८:०७ बजे

Sajhamanch
'

नकुल काजीलाई हाँस्यव्यंग्य स्रष्टा सम्मान

शनिवार, मंसिर २३, २०८०

भद्रपुर । मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई हाँस्यव्यंग्य स्रष्टा सम्मान गरेको छ ।

हाँस्यव्यंग्य विषयक विचार गोष्ठी तथा हाँस्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा साहित्यका स्रष्टा काजीलाई सम्मान गरिएको हो ।

मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख गंगाप्रसाद अधिकारीको अध्यक्षता तथा क्याम्पस प्रमुख जीवन पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व सहप्राध्यापक चूडामणि वशिष्ठले हाँस्यव्यंग्य सिर्जनाका सीप र शैली विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली हाँस्यव्यंग्य लेखनको विगतदेखि वर्तमानसम्मको अवस्था बारेमा जानकारी गराएका थिए ।

यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहप्राध्यापक तथा हाँस्य व्यंग्यकार होमनाथ सुवेदीले समयक्रम अनुसार हाँस्यव्यंग्य सिर्जना परिमार्जन हुनुपर्ने धारणा राखेका थिए ।

लक्ष्मी पौडेलले सञ्चालन गरेको कार्यक्रममा झापाका विभिन्न हाँस्यव्यंग्य कविहरुले हास्यव्यंग्य कविता प्रस्तुत गर्दै वर्तमान नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकृति माथि प्रहार गरेका थिए ।

सम्बन्धित खबर