२०८१ साउन ११, शुक्रवार , ०३:३६:४६ बजे

Sajhamanch
'

टी–२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको छ । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि आयन खानले ३६ र मेहरान खानले २७ रन बनाए । अस्ट्रेलियका लागि अलराउन्डर प्रदर्शन गरेका मार्कस स्टोइनिसले तीन विकेट लिए । यस्तै मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पाले समान दुई विकेट लिए ।

यसअघि अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर १६४ रन बनायो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक अविजित ६६ रन बनाए । यस्तै डेबिड वार्नरले ५६ रन बनाए । ओमानका लागि मेहरान खानले दुई विकेट तथा बिलाल खान र कलीमुल्लाहले समान एक विकेट लिए ।