२०८१ साउन १२, शनिवार , ०३:४४:४४ बजे

Sajhamanch
'

गाँजा र अफिमसहित दुईजना पक्राउ

बिहिवार, माघ १६, २०७६

चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसारपसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार पक्राउ पर्नेमा गाडी चालक बारा पर्सौनी गाउँपालिका वडा नं.६ बस्ने वर्ष २८ का रामजी शाह तेली र बारा अर्दस कोतवाल गाउँपालिका वडा नं.२ का वर्ष ३० का प्रेम पटेल रहेका छन् ।

उनीहरुले पिकअप गाडीको पछाडिको भागमा फल्स बटम बनाइ लुकाएर गाँजा र अफिम ल्याएका थिए । गाँजा तस्करीमा संलग्न हुनेहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार दुई बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरीवाना र सवारी जफत हुने व्यवस्था छ ।

यस्तै अफिम तस्करीमा संलग्नलाई सोही ऐन अनुसार १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरीवाना र तस्करीमा संलग्न सवारी जफत गर्ने व्यवस्था छ । उनीहरु दुवैलाई सोही आधारमा मुद्धा चलाई थप अनुसन्धान अघि बढाइने एसपी राठौरले बताए ।

नेकपाका सांसदहरुले गाँजालाई वैधानिक मान्यता दिनुपर्ने आवाज उठाइरहेका बेला सबैभन्दा बढी गाँजाखेती हुने मकवानपुर जिल्लामा प्रहरीले धमाधम गाँजा तस्करहरुलाई पक्राउ गरिरहेको छ ।

 

 

सम्बन्धित खबर