२०८१ साउन १२, शनिवार , ०४:५५:४९ बजे

Sajhamanch
'

एनसेल टावरमा बम विष्फोट

सोमवार, माघ १३, २०७६

विराटनगर । अज्ञात समूहले मोरङको उत्तरी क्षेत्र केराबारी गाउँपालिका वडा नं.२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ ।

आइतबार राति टावरमा बिस्फोट गराएको हो । तारले घेराबारा गरेर बनाइएको मुख्य गेटमा पहेंलो झोलामा झुन्ड्याएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा आइतबार साँझ अज्ञात समूहले विष्फोट गराएको थियो । विष्फोटपछि भएको आगजनीबाट जेनेरेटर, पावर प्लान्ट, केवल वायरमा क्षति पुगेको छ । स्थानीय बासिन्दाले तीन पटकसम्म विष्फोटका ठूल्ठूला आवाज आएको बताएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको समूहले बिस्फोट गराएको हुनसक्ने प्रहरीले बताएको छ ।

अनलाइनखबर

सम्बन्धित खबर