काठमाडौं । सरकारले डिजिटल प्रविधिको पहुँच बढाउने उदेश्यसहित विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्यौदा सार्वजनिक गरेको छ । डिजिटल प्रविधिबाट सरकारी सेवा प्रभावकारी र जवाफदेही बनाउने गरी विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्यौदा सार्वजनिक भएको हो । प्रधानमन्त्री तथा […]
काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको […]
बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिका-५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ। विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। […]
झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछ । भद्रपुरस्थित मेची रंगशालामा आज दिउँसो ३ बजे पहिलो सेमिफाइनल आयोजक भद्रपुर ब्लेजर्स र काउर्न बाजार […]
काठमाडौं । ताप्लेजुङको पाथीभरामा आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकालेर पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक […]
शिवसताक्षी । झापाको शिवसताक्षी सम्पन्न पालिकास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेस्थित सेभेनसीज अंग्रेजी मावि प्रथम भएको छ । शनिबारबाट सञ्चालन भएको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेनसीजले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक प्राप्त […]
झापा । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले अब झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर […]
उमानाथ भण्डारी कमल । सामान्यतया विद्यालयको वार्षिकोत्सव भन्नासाथ गायन, नृत्य र कविता, मुक्तक वाचन गरेर सम्पन्न हुने देख्दै आएका छौं । तर झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलको प्राङ्गणमा पुग्दा […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने आज (सोमवार) […]
भद्रपुर । भद्रपुर नगरपालिकाको १५औं नगरसभा समापनको अवसरमा दुईजना सक्रिय पत्रकारसहित आधा दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ । आइतवार आयोजित कार्यक्रममा विकास पत्रकारिता पुरस्कार तथा सम्मानबाट ३१ हजार रुपैयाँसहित साझामञ्चकर्मी द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिता […]