अडेन । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह सहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले जनाएको छ । होडेडाह सहरको रणनीतिक रेड सी बन्दरगाहलाई निसाना बनाई अल–काथीब क्षेत्रमा दुई […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलगायत विधेयक सहमति नभए प्रक्रियाबाट पारित गरिने बताएका छन् । मंगलबार सिंहदबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सहमतिबाट नै विधेयक पारित गर्न पहल […]
काठमाडौं । पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको […]
काठमाडौं । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजा निवासी फरीद महमूदले आफ्नो परिवारमा आठ जना […]
काठमाडौँ । कोशी प्रदेशले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने अदालतले जनाएको छ। अधिवक्ता कपिलदेव ढकालले संविधानसँग […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो । आज बसेको पार्टी […]
काठमाडौं । चितवनमा जलेर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१३, क्यामराङकी ४२ वर्षीया ज्ञानुमाया प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब साढे २ बजे राप्ती–१३, पान्द्रुङ चुलीस्थित पाखो जंगलमा खर […]
काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो । राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। […]
जनकपुरधाम । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ । कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह […]
काठमाडौं । आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ । आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन । बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले […]