झापा । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप) की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्मा […]
झापा । अमेरिकाको सबैभन्दा प्रभावशाली लेबर युनियन अर्थात् मजदुर सङ्घमध्ये एक ‘इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स’ ले अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेको छ । सन् १९९६ पछि यो युनियनले कुनै पनि […]
झापा । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको छ । जापानी विद्यालय नजिक […]
झापा । लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र ४५० जनाभन्दा धेरै घाइते भएका […]
उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध […]
झापा । अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन […]
झापा । चक्रवात ‘यागी’ का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमार सरकारले बाढीमा परेर २०० जनाभन्दा धेरैको ज्यान गएको र ८० जनाभन्दा धेरै अझै बेपत्ता रहेका बताएको छ । […]
झापा । लेबनानमा विद्रोही समूह हिजबुल्लाका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते माध्यम पेजर विस्फोट हुँदा एक बालकसहित नौ जनाको ज्यान गएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले दिएको जानकारीअनुसार बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटको […]
चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला […]
पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको छ।नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख बिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा […]