कमल । रासायनिक मलको (युरीया) अभाव झेलिरहेका झापा कमल गाउँपालिकाका कृषकलाई सहकारीले मल वितरण गरिदिएपछी थोरै भएपनि राहत मिलेको छ ।
हरेक बर्ष रसायनिक मलको अभाव झेलिरहेका कृषकलाई यो वर्ष कोरोना भाईरसको नियन्त्रण र रोगथामका लागी सरकारले गरेको लकडाउनका कारणले झनै ठुलो अभाव झेल्नु परेको थियो । यस्तो अवस्थामा झापाको कमल गाउँपालिकामा रहेका सहकारी सस्था हरुको सकृयतामा रासायनिक मल वितरण गर्नाले थोरै भएपनि कृषकलाई राहात मिलेको छ ।
रासायनिक मल अभावका कारण कृषकलाई परेको समस्यालाई न्युनिकरण गर्न कमल गाउँपालिकाका रहेका बहुउद्देश्यीय सहकारी सस्थाहरुले कृषि सामग्री संस्थानको प्रादेशिक कार्यालय विरगंजबाट रसायनिक मल ल्यायएर कृषकलाई वितरण गरिएको श्री पुर्वनेपाल बहुउद्देश्यीय सहकारी सस्था अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए ।
यस अधिपनि कृषि सामाग्री सस्थानले कृषकलाई सहजताका लागि ५० वोराका दरले सहकारी सस्था मार्फत कृषकलाई रसायनिक मल विक्री वितरण गर्दै आएको भएपनि त्यो एकदमै अपुग हुन्थ्यो । लकडाउनले गर्दा कृषकलाई मल अभावले झनै सताएको महशुस गरी विरगंजबाट मल ल्याएर वितरण गरिरहेका छौ । कृषकको माग धेरै छ ,भोलीका दिनमा गाउँपालिकाले सहयोग गरेमा थप वितरण गर्न हामी तयार रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था कमल ३ का अध्यक्ष शरणकुमार पराजुली बताए ।
कमल गाउँपालिकामा रहेका ६ वटा बहुउद्देश्यीय प्रकृतिका सहकारी सस्था अन्तरगत श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था कमल ३, श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्था कमल २, श्री लगानशिल कृषि सहकारी सस्था कमल ५, श्री इन्द्रेणी सहकारी सस्था कमल ७, श्री समायगढ सहकारी सस्था कमल २ र सानाकिसान सहकारी संस्था कमल ७ ले रसायिनिक मल वितरण गरिएको हो । सहकारीहरुले २ सय बोराका दरले एकै पटक कमल गाउँपालिका भरी १ हजार २ सय बोरा रासायनिक मल विक्री वितरण गरेको सहकारी संस्थाले जनाएका छन् ।