२०८२ भदौ १८, बुधवार , ०७:२९:५४ बजे

Sajhamanch
'

चट्याङबाट पर्वतमा एक महिलाको मृत्यु

सोमवार, वैशाख ८, २०७७

फलेवास (पर्वत) । हिजो आइतबार अपराह्न मेघ गर्जनसहित भारी वर्षा भएको पर्वत जिल्लामा चट्याङबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार अपरान्ह साढे ५ बजे परेको चट्याङबाट पर्वतको फलेवास नगरपालिकाकी २८ वर्षीया कल्पना भुसालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती कल्पनाको चट्याङबाट मृत्यु भएको हो।

गोठमा बाख्रा बाँधिरहेको अवस्थामा उनलाई चट्याङले लागेको प्रहरीले बताएको छ । चट्याङबाट गम्भीर घाइते भएकी उनलाई तत्कालै उपचारका लागि सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पतालमा लगिएको भए पनि चिकित्सिकहरुले केहीबेरमा नै मृत घोषित गरेका थिए ।

सम्बन्धित खबर