२०८२ भदौ १८, बुधवार , ०२:२०:१३ बजे

Sajhamanch
'

मनकामना मन्दिरका पुजारी प्रहरीको फन्दामा

आइतवार, वैशाख ७, २०७७

मनकामना मन्दिरका पुजारी बन्दुकसहित पक्राउ

गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापालाई प्रहरीले बन्दुकसहित फेला पारेको छ । लकडाउनका बेला प्वाइन्ट टु टु नामक बन्दुकसहित शनिबार पूजारी थापा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दैनिक करिब पाँच हजार भक्तजन आउने मनकामना मन्दिर लकडाउनका कारण सुनसान बनेको छ ।

सम्बन्धित खबर