२०८२ भदौ १७, मङ्गलवार , ११:४४:२३ बजे

Sajhamanch
'

नेपाली कांग्रेस भद्रपुरद्वारा विपन्न परिवारका खाद्य सामाग्री वडालाई हस्तान्तरण

आइतवार, वैशाख ७, २०७७

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा समितिले वडाका अति विपन्न परिवारका लागि खाद्य सहयोग अन्र्तगत ६९० किलो चामल वडाकार्यालयलाई हस्तान्तरण गरेको छ ।

वडा सभापति गोपालप्रसाद श्रेष्ठको नेतृत्वमा महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, वडा समितिका सचिव वीरेन्द्र मल्ल, अग्रज व्यक्तित्व लावन्य पोखरेल, राजेन्द्र रिजाल, पार्वती मल्ल लगायतको टोलीले कार्यवाहक वडाध्यक्ष राम दाहाल तथा वडा सदस्य नेत्रप्रसाद पौडेल नुतनलाई ३३,५००।— रूपैया बराबरको चामल हस्तान्तरण गरेको हुन् ।

नेपाली काँग्रेसमा आस्था राख्ने दानवीर दाताहरूबाट संकलित रकमले विपन्न वडा बासीको गाँस जुटाउन सहयोग पुरयाउने उद्देश्यले चामल खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिएको राहत सहयोगका अभियन्ता चेतनाथ भट्टराईले जानकारी दिए । पहिलो चरणको राहत वितरण गरिसकेको सो वडामा ५ सय ५ परिवार अति विपन्नको सूचिमा रहेका छन् । दोश्रो चरणमा खाद्यन्न अभाव हुने विपन्न नागरिकको संख्या बढ्ने देखिएपछि वडा कार्यालयले दाताहरूलाई सहयोग गरिदिन अनुरोध गरेको छ । सोही अनुरोध अनुसार काँग्रेसले खाद्यन्न सहयोग गरेको हो ।

सम्बन्धित खबर