सम्भावनाका खौपहरु कलेटी परेर,
अब दौडमा उक्लन सक्दैनन्,
शहरहरु सुनसान छन्,
हठात लाठीका आवाज तरंगित छन्,
मन रोएको छ,
लाठीका डामहरु बोकेर,
लम्पसार छ मेरो शहर ।
भोक र रोगले सुकसुकाएका मनहरु
अब बिद्रोह ओकल्न सक्छन्,
घमण्डले क्रुर हात माथि बाजी थापेर,
कोरोना भोक र बिद्रोहको गीत गाऊँ,
रक्ताम्य भएको यो क्षणहरुमा,
तिम्रो आगमनको अर्थ रहोस् ।
भद्रपुर, झापा