सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पताल र दमकमा रहेको दमक पब्लिक हस्पिटलमा पिपिई क्याविनेट जडान गरिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको झापाई दुई अस्पतालमा कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि जडान गरिएको हो ।
आविष्कार केन्द्रले उत्पादन गरेको सो क्याविनेट मोरङ उर्लावारीमा रहेको त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा सुरुवाती दुई अस्पतालमा जडान गरिएको र बाँकी अन्य अस्पतालहरुमा समेत क्रमश जडान गरिदै जाने त्रिकाल फाउण्डेशनका अध्यक्ष नारायण वस्नेतले बताए ।
आविष्कार केन्द्रले कोरोना भाइरसलाई लक्षित गरि सो स्वास्थ्य वुथ ५५ हजार ५ सय रुपैँयाको लागतमा निर्माण गरि अस्पतालहरुलाई निःशुल्क प्रदान गरिएको त्रिकाल फाउण्डेशनका इन्द्र लामाले जानकारी दिए । आवश्यकीय पिपिईको समेत नहुँदा स्वास्थ्यकर्मीको ज्यानलाई समेत जोखिममा राखेर स्वास्थ्य जाँच गर्नु परिरहेको वेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पिपिई क्याविनेटकले डाक्टार तथा स्वास्थ्य कर्मीलाई राहत मिलेको छ । कोरोना आंशका गरिएका तथा अन्य रोगका विरामीलाई समेत अव सेवा दिन सजिलो भएको कनकाई नगर अस्पतालकी प्रमुख डाक्टर विद्या पोखरेल बताइन् । यो मेशिनबाट कोरोना महामारीपछि पनि क्षयरोग लगायातका अन्य विरामीका लागि चेकजाँचमा प्रयोग गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
झापाकमा पिपिई क्याविनेटक मेशिन पहिलोपटक भित्रिएको त्रिकाल फाउण्डेशनका इन्द्र लामाले जानकारी दिए । मेशिनमा भित्र र बाहिर माइक र साउण्ड सिस्टम जडान गरिएको छ भने कारोना संभावित विरामीलाई चिकित्सकले वुथ बाहिरैबाट ग्लोब र माईकको सहायाताद्धारा चेकजाँच गर्न र सल्लाह सुझाव र औषधि लेखिदिन सक्नेछन । मेशिन जडान कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई, जनप्रतिनिधि सुनिता सिग्देल लगायातको उपस्थिति रहेको थियो ।