२०८१ मंसिर ८, शनिवार , ०४:१७:३७ बजे

Sajhamanch
'

कमल गाउँपालिकाले स्थापना गरेको कोषमा कारितास र सहाराको सहयोग 

मङ्गलवार, वैशाख २, २०७७

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष मा मंगलवार समेत सहयोग प्राप्त भएको छ ।

मंगलबार कारितास नेपाल दमक शाखाले १ लाख रुपैयाको चेक एक औपचारिक कार्यक्रमका बीच कारितास नेपाल दमक शाखाका प्रमुख देबेन्द्र पोख्रेलले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गरेका छन् ।
यो सँगै कमल गाउँपालिकाको राहात कोषमा ३० लाख भन्दा वढी रकम जम्मा भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

त्यसैगरी कारितास नेपालले शिवशताक्षी नगरपालिकामा ८३ हजार रुपैयाको चेक नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मालाई प्रदान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी कार्यापालिका सदस्यबाट १ महिनाको सेवा सुविधा र ११ वटा वडाबाट एक÷एक लाख र नगरपालिकाबाट १० लाख गरी २५ लाख रुपैया भन्दा वढी पहिले नै जम्मा भइसकेको नगरप्रमुख चन्द्रकुमार सेर्माले जानकारी दिए । उनले विभिन्न संघ संस्था र व्यक्तिबाट विपद् व्यवस्थापन कोषमा रकम जम्मा हुने क्रममा जारी जानकारी दिए ।

कारितास नेपालले यस अघि नै ६ लाख मुल्य बराबरको खाद्यन्न झापा र मोरङ्गमा रहेका भुटानी शरणार्थी शिविरका शरणार्थीलाई खाद्य सामाग्री वितरण गरिएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेलले जानकारी दिए ।
त्यस्तै साहारा नेपालले कमल गाउँपालिकालाई ६१ हजार रुपैयाको चेक सस्थाका सन्चालक समिती सदस्य शिव कुमार भट्टराईले गाउँपालिका अध्यक्ष काफ्लेलाई प्रदान गरेकी छिन् ।

संस्थाले झापा जिल्लाका नगरपालिकालाई १ लाख १० हजार र गाउँपालिकालाई ६१ हजार रुपैया राहात कोषमा जम्मा हुनेगरी प्रदान गरिएको सस्थाका केर्खा शाखा प्रमुख खगेन्द्र सिवाकोटीले जानकारी दिए ।

६ जिल्लामा कार्यक्षेत्र रहेको सस्थाले लकडाउनका वेला समस्यामा परेका आफ्ना सदस्यलाई ५ हजार रुपैया विना व्याज उपलब्ध गराएको सस्थाले जनाएको छ ।

सम्बन्धित खबर