२०८१ पौष १७, बुधवार , ०२:१०:३० बजे

Sajhamanch
'

कमलमा होम क्वारेन्टाइनमा बसेका ७४ जना, सबैको स्वास्थ्य सामान्य

आइतवार, चैत ३०, २०७६

कमल । विश्व व्यापीरुपमा फैलिदै गरेको कोराना भाईरस (कोभिड १९) को नियन्त्रण र रोकथामका लागी क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको । कमल गाउँपालिकामा विदेशबाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका सवैको नागरिकको स्वास्थ्य अवस्था समान्य रहेको हो ।

लकडाउनका समयमा विदेशबाट आएर गाउँपालिकाका विभिन्न ठाउँमा होम क्वारेन्टाईनमा बसेका नागरिकको १४ दिनसम्म जनप्रतिनिधिसहित कमल गाउँपालिका स्वास्थ्य शाखाको टोलीले घरघरमा पुगेर नियमित स्वास्थ्य परिक्षण गरिरहेको कमल गाउँपाकिाल स्वास्थ शाखाले जनाएको छ ।

विदेश बाट आएर सेल्फ क्वारेन्टाईनमा बसी २४ दिन विताएका कमल गाउँपालिका वडा नम्बर ७ का तुलसी प्रसाद सुवेदीले दैनिक रुपमा स्वास्थ्य टोली घरमा आएर परिक्षण गरिरहँदा आफुलाई खुसीलागेको र अहिलेसम्म आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको बताए । कमल गाउँपालिकाका विदेशबाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका ७४ जना नगरिकको हालसम्मको स्वास्थ्य अवस्था सामान्य रहेकोले कमल गाउँपालिका स्वास्थ्य शाखाले जानाएको छ ।
लकडाउन सुरु भएको आज २० औं दिन भैसकेको छ । अझैपनि ढुक्क हुने अवस्था छैन । सबैले आ आफ्नो ठाउँबाट लकडाउनलाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने बेला आएको छ । सबैले संयमित भएर लकडाउनलाई सफल पार्न कमल गाउँपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर