२०८१ पौष १७, बुधवार , ०३:५८:४९ बजे

Sajhamanch
'

एन.आर.आर.एन.क्रंकिट उद्योगद्वारा विपन्नलाई खाद्यन्य सहयोग

शनिवार, चैत २९, २०७६

दमक । दमक नगरपालिकाको वडा नं. ९ ले शनिबार ६ वटा टोलका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले ६ टोलका १ सय बढी विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको हो ।

नौ नम्वर वडाको चेतनशील , पशुपति, चरक पाडा, शिव टोल ,लाली गुराँस र सानो अर्नाखाडी टोलका मजदुर, विपन्न र गरीव वर्गका परिवारलाई राहत वितरण गरेको हो । वडाले प्रति परिवारलाई २० केजी चामल, तेल १ लिटर , दाल १ केजी र नुन १ केजी प्रदान गरिएको वडाअध्यक्ष राम बहादुर धिमालले जानकारी दिए ।

१ लाख १४ हजार बरावरको रकम एन.आर.आर.एन.क्रंकिट उद्योग दमकले सहयोग गरेपछि सो खाद्यन्न प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । खाद्यन्न वितरण कार्यक्रममा सरकारले आब्हान गरेको लकडाउनको समयमा हात मुख जोड्न समस्या भएका मजदुर विपन्नहरुलाई थोरै भए पनि राहत मिलोस भनेर उद्योगको तर्फबाट राहत सहयोग गरेको अध्यक्ष राजकुमार थापाले बताए ।

दमक उधोग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका भएका थापा आवद्ध जे.एन.जे निर्माण कम्पनी दमकबाट हिजो मात्रै मेक्लाजुङ्ग गाउँपालिका मधुमल्लालाई २ लाख रुपैयाँ प्रदान गरेको मेक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष सरला राईले जानकारी दिइन् ।

थापाले केही साता अघि दमक ९ नम्वर वडाका वासिन्दालाई ५० हजार रुपैयाँको माक्स प्रदान गरका थिए ।

सम्बन्धित खबर