२०८१ पौष १७, बुधवार , ०३:३८:४० बजे

Sajhamanch
'

शिवसताक्षीमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीको कार्वाही, सडकमा उभ्याइयो दुई घण्टा

शनिवार, चैत २९, २०७६

शिवसताक्षी । लकडाउनको उल्लंघन गरी जथाभावी हिड्ने सर्वधारणलाई इलाका प्रहरी कार्यालय झिलझिले पनि कार्वाही गर्न सुरु गरेको छ ।

सरकारले कोराना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडानलाई उल्लंघन गर्ने शिवसताक्षीका सर्व साधाणलाई पनि प्रहरीले कार्वाही सुरु गरेको हो ।

उनीहरुलाई सरकारले तोकेको सामाजिक दुरी कायम गर्दै २ घण्टासम्म सडकमा उभ्याइएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कोमल ठाकुरले जानकारी दिए । उनले हामीले बनाएका सेतो घेरा भित्र राखेर उहाँहरुलाई कोरोना भाइरस सम्बन्धी सचेतना मुलक क्लास दिन सुरु गरेको बताए ।

पहिलो पल्ट झापाको विर्तामोडबाट सुरु भएको प्रहरीको लकडाउन उल्लंघन गर्ने सर्वसाधारणलाई कार्वाहीको नयाँ शैली अहिले सबै क्षेत्रमा अवलम्बन गर्न थालेका छन् । हाल विर्तामोड, काँकरभिट्टा, बुद्धशान्ति, शिवसताक्षी र दमकमा पनि सडकमा दुई घण्टा उभ्याएर सचेतना कार्यक्रम गर्न थालेका हुन् ।

शिवसताक्षी झिलझिलेमा आज (शनिबार) विहान ७ बजे प्रहरीको कार्वाहीमा परेका ४४ जना लकडाउन उल्लंघन गर्ने मात्र देखिन्थे । गाडी तथा मोटरसाइकलमा आएकालाई पनि सडकमा २ घण्टा उभ्यिाएको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले लकडाउनलाई थप कडाई गरिएको जनाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण र मृत्यु दर बढेसँगै त्यसको असर नेपालका सीमा क्षेत्रमा पर्ने जिल्लाहरुमा देखिन थालेको छ । विशेष गरी शिवतसाक्षीका दक्षिणी क्षेत्र गौरीगञ्ज गाउँपालिका १ दशगजा क्षेत्रबाट भारतीयहरु प्रवेश गर्ने गरेको पाइएपछि प्रहरी थप सक्रिय भएको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट झिलझिलेका इन्चार्ज गणेश श्रेष्ठ लगायतको टोलीले बजार तथा गाउँ गाउँमा मोवाइल गस्तीमा पनि तिब्रता दिएको छ ।

सम्बन्धित खबर