२०८१ मंसिर १९, बुधवार , ०७:४७:५५ बजे

Sajhamanch
'

नेपाली कांग्रेसद्वारा कोरोना भाइरस प्रकोप कोषमा डेढ लाख बढी सहयोग

बिहिवार, चैत २७, २०७६

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगरसमितिले कोरोना भाइरस प्रकोप कोषमा सहयोग रकम जम्मा गरेको छ । विहीबार नगरसभापति पर्शुराम ढुंगानाको नेतृत्वको टोलीले नगरप्रमुख चन्द्रकुमार सेर्मालाई १ लाख ६५ हजार ५ सय ६६ रुपैया सहयोग रकम गरेको हो ।

सहयोग रकम हस्तान्तरणको क्रममा बोल्दै नगर सभापति ढुंगानाले विश्व व्यापी रुपमा फैलिएको यो महामारीमा नगर भित्र रहेका विपन्न, अशक्त समुदायलाई भोकै बस्नु नपरोस भन्दै पार्टीको तर्फबाट सहयोग रकम जम्मा गरेको बताए । उनले यस्तो बेला विचारको राजनीति भन्दा माथि उठेर नगर क्षेत्र भित्र रहेका विहान बेलुका छाक टार्न नसक्ने समुदायलाई साथ दिनु पर्नेमा जोड दिए । नगरकोषमा जम्मा भएको सहयोग चुस्त र पारदर्शी ढंगबाट वितरण गर्न उनले सुझाब समेत दिए ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले नेपाली कांग्रेसको आर्थिक र भौतिक सहयोग हाल सम्मकै उच्च रहेको बताए । उनले दर्जनौ सामाजिक, शैक्षिक तथा वित्तिय संघ संस्थाले पनि कोषमा नगद जम्मा गरिरहनु भएको जानकारी दिए ।

नगरप्रमुख सेर्माले विपत्तीको घडीमा नगरपालिकालाई साथ र सहयोग गर्नु भएको भन्दै धन्यवाद समेत दिएको थिए ।

नेपाली कांग्रेस शिवसताक्षीले १० नं. वडा कार्यालयलाई १० हजार सहयोग गरेको वडा सभापति असोक बस्नेतले जानकारी

नगद हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य शिवकुमार याङया, पूर्व जिल्ला समितिका सदस्य चन्द्रमणी नेपाल, पुर्व महासमिति सदस्य शुर्यनारायण ताजपुरिया, महिला संघकी झापा सदस्य जयकुमारी चेम्जोङ्ग, नगर कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई नगरको सहकोषाध्यक्ष विनोद ढकाल लगायतको उपस्थिती थियो ।

सम्बन्धित खबर