२०८१ असोज ३, बिहिवार , ०६:४६:५९ बजे

Sajhamanch
'

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड–५ झापाको जरुरी सूचना

बिहिवार, चैत २७, २०७६

प्रकाशन मिति २०७६/१२/२६ गते

हाल विश्वभरि फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो जोखिमलाई मध्यनजर गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सम्पूर्ण शेयर सदस्यहरु, ग्राहकहरु, पदाधिकारीहरु, कर्मचारीहरुमा हार्दिक आव्हान गर्दछौं ।

नेपाल सरकारले आगमी मिति २०७७ वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय अनुसार हालसम्म यस संस्था बन्द रहेको हुनाले शेयर सदस्य तथा ग्राहक महानुभावहरुमा प्रत्यक्ष रुपमा असर परेको महसुश गरी मिति २०७६/१२/२५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार लकडाउन अवधिभर यस संस्थाको अत्यावश्यक सेवाहरु तपशिल अनुसार कारोबार हुने सम्बन्धित सबैमा सूचित गरिन्छ ।

⦁ कारोबारको समय परिमार्जनः
क. वित्तीय कारोबार समय (सबै शाखा)  १० बजेदेखि २ बजेसम्म । हप्ताको २ दिन (मंगलबार र बिहीबार)

ख. सहकारी पसल समय (बिर्तामोड)  ८ बजेदेखि ११ बजेसम्म । हप्ताको ३ दिन (आइतबार, मंगलबार र बिहीबार)

सहकारी पसलको समय परिवर्तन गरिएको छ । चैत ३० गते आइतबारदेखि उल्लेखित दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सहकारी पसल सञ्चालन हुनेछ । –व्यवस्थापक

⦁ नगद काउन्टरदेखि बाहेक अन्य सबै सेवा बन्द गर्ने ।
⦁ एक सदस्यलाई दैनिक बढीमा रु. २५,०००।– का दरले फिर्ता गर्ने ।
⦁ हाल दैनिक झिक्न मिल्ने बचत खाताहरुमा मौज्दात नहुने सदस्यहरुको लागी मात्र रु. २०००।– एक पटकको लागि आगमी मिति २०७७ असार १५ गते सम्ममा फिर्ता गर्ने गरी बिना व्याज सापटी स्वरुप भुक्तानी उपलब्ध हुनेछ ।

शेयर सदस्य तथा ग्राहक महानुभावहरुमा अनुरोधः

१. नगद काउन्टरमा एक जनाभन्दा बढी जान पाइने छैन ।
२. मास्क अनिवार्य प्रयोग गरेको हुनुपर्नेछ ।
३. भित्र प्रवेश गर्न पूर्व साबुन पानीले हात राम्ररी धोएरमात्र प्रवेश पाइनेछ । (साबुन पानीको व्यवस्था हुनेछ)
४. भिडभाड नहुने गरी गोलो घेरामा पालैपालोको व्यवस्था गरिनेछ ।
५. सहकारी पसलमा एक पटकमा बढीमा ५ जनालाई भित्र जान दिइनेछ, अन्यले पालो पाउन बाहिर गोलो घेरामा धैर्य गर्नु पर्नेछ ।
६. शरीरको तापक्रम ९९ डिग्रीभन्दा बढी भएमा भित्र जान निषेध गरिनेछ ।
७. एक परिवारबाट एकजना मात्र प्रवेश गर्नु हुन अनुरोध छ ।

यस विषम परिस्थितिमा आपसी सहयोग र सद्भाव कायम राख्नु पर्दछ भन्ने मान्यताका साथ सम्बन्धित सबै पक्षहरुसँग सहयोगको लागि हार्दिक आव्हान गर्दछौ । यसबाट पर्न जाने असुविधा प्रति क्षमाप्रथी छौं ।

रुद्रमणि श्रेष्ठ, अध्यक्ष

सम्बन्धित खबर