२०८१ असोज २, बुधवार , ०४:४५:२५ बजे

Sajhamanch
'

एनएमसीले गर्यो खाद्यन्य सहयोग

बुधवार, चैत २६, २०७६

शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्थाले कोरोना भाइरस रोकथाम कोषमा खाद्य सामाग्री सहयोग गरेको छ ।

शिवसताक्षी नगरपालिका क्षेत्र भित्र रहेका विपन्न तथा असाहय परिवारको लागि २ हजार केजी चामल सहयोग गरेको हो ।

नेपाल बहुदेश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य तथा क्षेत्रीय संयोजक दुर्गाप्रसाद भट्टराई, सेवाकेन्द्र दूधेका संयोजक गुरुप्रसाद पाठक, दूधे कार्यालय प्रमुख कमल कट्टेल, कार्यालयगत समिति सदस्य प्रेम भण्डारीको उपस्थितिमा नगर प्रमुख चन्द्रकुमार सेर्मालाई उक्त खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको सो संस्थाले विर्तामोड र मेची नगरपालिकालार्ई ४÷४ हजार केजी चामल, र अन्य १३ ओटा स्थानीयतहलाई २÷२ हजार केजी चामल सहयोग गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित खबर