२०८१ पौष १४, आइतवार , ०४:५४:३९ बजे

Sajhamanch
'

माछापुच्छ्रे बैंकद्वारा अतिविपन्न परिवारलाई सहयोग

मङ्गलवार, चैत २५, २०७६

भद्रपुर । माछापुच्छ्रे बैंक लिमिटेड चन्द्रगढी शाखाद्वारा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण लकडाउनमा परेर पीडित नगरपालिका बासीलाई सहयोग गरेको छ ।

सरकारले गरेको लकडाउनबाट पिडीत भद्रपुर नगरपालिका वडा नं. १०, ७, ९ र ६ कादैनिक ज्यालामजदुुरी गरेर छाक टार्दै आएका १३२ अति विपन्न घर परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । राहत सामाग्री अन्र्तगत १० केजी चामल, १ केजी दाल, १ प्याकेटनुन, १ प्याकेट तेल, १ थान हातधुने साबुन र १ थान लुगा धुने साबुन राहत वितरण गरेको हो । उक्त राहत सामाग्री भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको उपस्थितिमा सम्बन्धित वडाका वडाअध्यक्षहरु मार्फत सम्बन्धित वडा कार्यालयसम्म पु¥र्याईएको शाखा प्रबन्धक रेवती रमण नेपालले बताए ।

बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै करिव १ लाख रुपैंया बराबरको सामाग्री सर्वसाधारणको सहजताको लागि सहयोग गरेको हो । यस अघि यस माछापुच्छे« बैंकले केन्द्रय प्रकोप नियन्त्रण कोष तथा सातै प्रदेशमा समेत गरी रु. १ करोड ६ लाखरुपैंया कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयोजनको लागि सहयोग गरिसकेको छ ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखाकार्यालयहरु खोल्दै आएको छ । साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर घर बाहिर ननिस्किन आग्रहगर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमाआग्रह गरेको छ । साथै बैंकले प्रदानगर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबार कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमाआग्रह गरेको छ ।

माछापुच्छ्रे बैंकको चन्द्रगढी शाखाभद्रपुर नगरपालिका वडा नं. १० स्थित चारआली रोड स्थित झेनु डांगीको घरमा विगत १० महिना देखि संचालनमा रहेको छ ।

सम्बन्धित खबर