२०८१ कार्तिक २, शुक्रवार , ०८:१८:३७ बजे

Sajhamanch
'

लकडाउन वैशाख ३ सम्म

सोमवार, चैत २४, २०७६

काठमाडौं । सरकारले लकडाउनको अवधि थप ८ दिन बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले लकडाउनको अवधि दोस्रो पटक बढाएको हो। चैत ११ गतेदेखि १८ गते बिहानसम्म लक डाउन गरेको सरकारले चैत २५ गते रातिसम्मलाई थपेको थियो भने आज दोस्रो पटक वैशाख ३ गतेसम्म पुर्याएको हो ।

सुदूरपश्चिम प्रदेशमा ४ सहित नेपालमा ९ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ। धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ।

सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो। पछिल्लो समय संक्रमण देखिएको धनगढी र बाग्लुङ क्षेत्रमा सरकारले र्‍यापिड टेस्ट गर्ने पनि निर्णय गरिसकेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनको अवधि बढाएर २१ दिन पुर्‍याएको छ।

सम्बन्धित खबर