कमल । कोरोना भाइरस (कोभिड १९) को शंका लागेर आइसोलेसनमा राखिएका कमल गाउँपालिका वडा नं. १ का एक व्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
वडा नम्बर १ का ती व्यक्तिमा कोरोना लागेको शंका लागेर चैत २१ गते मेची अस्पतालको आइसोलेसनमा पठाइएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना नभएको रिपोर्ट आएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जनाएका छन् । आशंकित ती युवाका बुवालाई कमल गाउँपालिकाले व्यवस्था गरेको क्वारिन्टाइनमा राखिएको थियो । यसरी नै होम क्वारिन्टाइनमा बसेका परिवारका अन्य सदस्यहरुको दैनिक स्वास्थ्य परीक्षण गरिरहेको थुलुङ्गले जानकारी दिए ।
त्यसैगरी वडानम्बर २ का अर्का एक व्यक्तिको पनि स्वाव परीक्षणको लागि पठाइएकोले रिपोर्ट आउन बाँकी रहेको प्रमुख थुलुङ्गले बताए । उनका अनुसार कमल गाउँपालिकामा विदेशबाट आएर होम क्वारिन्टाइनमा बसेका ७२ जना व्यक्तिको दैनिक स्वस्थ्य परीक्षण गरिरहेको छ ।