२०८१ माघ ५, शनिवार , ०६:२९:०१ बजे

Sajhamanch
'

सम्बन्ध टुट्दा महिलाभन्दा पुरुष किन बढि दुखी हुन्छन्

सोमवार, चैत २४, २०७६

मानिसहरुले समाजमा पुरुषहरुलाइ बहादुर तथा शक्तिशाली मान्ने गरेतापनि कुनै सम्बन्ध टुट्दाखेरी महिलाहरु भन्दा पुरुषलाई बढी दुःख पुग्ने कुरा एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकाको वाके फोरेस्ट यूनिवर्सिटीका शोधकर्ताहरुले कुनै पुरुषको जीवनमा रहेको महिलासंगको सम्बन्धमा चिसोपना आँउदा उनीहरुको दिमागमा निकै ठुलो असर पर्न निक्यौल निकालेका छन । यसको प्रमुख कारण, एकातीर महिलाहरुले कुनै पनि घट्नालाइ साथीहरुसंग व्यक्त गरेर आफ्नो तनाव कम गदर्छ भने पुरुषहरु यस्ता घट्नालाई मनमा नै राखेर तनावमा रहने गर्दन् ।

यतिमात्र नभई यस्ता घट्नाले मानिसमा नकारात्मक सोच उत्पन्न गर्छ । साथै यसले खराब लततीर समेत धकेल्ने गर्छ । यस्ता घट्ना पछी उनीहरु तनावमुक्त हुनका लागी रक्सी वा अन्य नशाको सेवन समेत शुरु गर्र्ने गरेको पाइएको छ ।
यसका मुख्य शोधकर्ता प्रोफेसर रड्बिन शिमनका अनुसार सर्वेक्षणमा आएको यस्तो नतिजा अचम्म पार्ने खालको छ । साधारणतया महिलाहरु कमजोर हुनेहुनाले यस्ता घट्नाहरुबाट उनीहरुलाइ बढी प्रभाव गर्ने सोच रहेकोमा यस शोधको नतिजाले सबैलाइ हैरानीमा पु¥याएको छ ।

यसै सर्वेक्षणले मानिसहरुलाइ प्रेमले बढी फाइदा पु¥याउने गरेको समेत खुलासा भएको छ । प्रेममा राम्रो सम्बन्ध रहेका मानिसमा बढी फुर्ती हुनाकासाथ कम तनाव हुने गरेको समेत यस शोधले देखाएको छ । यस सर्वेक्षणमा पुरुषहरुले कम मानिसहरुलाई बिश्वास गर्ने तर महिलाहरुले भने आफ्ना साथीभाइ, नातेदार, सहकर्मीहरुसंग घुलमिल गरी बस्ने गरेको समेत देखाएको छ ।