२०८२ वैशाख ६, शनिवार , १२:५१:५३ बजे

Sajhamanch
'

पुनः बन्द चिया उद्योग

आइतवार, चैत २३, २०७६

मेचीनगर । मेची नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरे पनि पुनः केही दिनका लागि दैनिक कार्य रोक्न आदेश गरेको छ ।

आइतबार १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतकोे टाोलीले बगान सञ्चालक र उद्योगीहरुसगँ छलफल गरेर काम रोक्ने सहमति गरेको थियो ।

मेचीनगगर नगरपाालिकाले प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ को मिति २०७६÷१२÷१९ च.नं १०९८ को “कार्यान्वयन सम्वन्धमा” विषयको पत्रको वुदाँ नं. ३ मा चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालनको हकमा स्थानीय तहले मापदण्ड वनाई कार्यान्वयन र अनुगमन गर्न उल्लेख भई आएको र सो सम्वन्धमा नेपाल चिया विकास निगम लि. अन्र्तगत स्थानीयतहका चिया श्रमिक आवद्ध ट्रेड यूनियनबाट समेतको परामर्श प्राप्त गरिएकाले निम्न मापदण्ड पु¥याई सवै चिया कमान तथा उद्योगहरुले निम्न मापदण्ड पु¥याई चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालन गर्न गराउन हुन अनुरोध गरेको थियो ।

कमानमा काम गर्ने श्रमिकहरुलाई मास्क लगायत आवश्यक अन्य सुरक्षण सामाग्री उपलब्ध गराई वा प्रयोग गराई काममा लगाउने, चिया श्रमिकले मास्क र आवश्यक सुरक्षण सामाग्री लगाएर मात्र काम गर्ने , कमानमा पत्ति टिप्दा, पत्ति जोख्दा र उद्योग सञ्चालन गर्दा निर्धारित दुरी (२ मिटर) कायम राखी काम गर्ने गराउने , काम गर्न शुरु गर्नु अघि अगाडि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , कामबाट फर्किए पछि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , मजदुरलाई काममा लगाउदाँ अलग अलग क्षेत्र तोकी तोकिएको निश्चित दुरी कायम गरी काममा लगाउने, स्थानीय मजदुरलाई मात्र काममा लगाउनु पर्ने मापदण्ड प्रदेश सरकारले तोकेको थियो ।

प्रदेश सरकारको निर्देशन र स्थानीय तहको समन्वयमा सञ्चालनमा आएका चिया उद्योगहरुमा काम गर्ने मजदुर असुरक्षित हुने र त्यसबाट सबैतिर जोखिम बढ्ने तथा मापदण्ड कार्यान्वयन हुने आधार नभएका कारण पुनः चिया उद्योग बन्द गराइएकोे नगर प्रमुख विमल आचार्यले बताउनुभयो । मजदुरहरुको ठुलो भीडभाड बढ्ने र कोरोनाको जोखिम उच्च हुने भएकाल मेचीनगरका चिया उद्योग बन्द गरिएको होे । स्थानीय सरकार प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्यको संयुक्त रुपमा चिया उद्योग सञ्चालकहरुलाई तत्कालका लागि उद्योग सञ्चालन बन्द गर्न अनुरोध गरे पछि चिया उद्योग बन्द भएको उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

सम्बन्धित खबर