मेचीनगर । मेचीगर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरेको छ ।
प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ को मिति २०७६÷१२÷१९ च.नं १०९८ को “कार्यान्वयन सम्वन्धमा” विषयको पत्रको वुदाँ नं. ३ मा चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालनको हकमा स्थानीय तहले मापदण्ड वनाई कार्यान्वयन र अनुगमन गर्न उल्लेख भई आएको र सो सम्वन्धमा नेपाल चिया विकास निगम लि. अन्र्तगत स्थानीयतहका चिया श्रमिक आवद्ध ट्रेड यूनियनबाट समेतको परामर्श प्राप्त गरिएकाले निम्न मापदण्ड पु¥याई सवै चिया कमान तथा उद्योगहरुले निम्न मापदण्ड पु¥याई चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालन गर्न गराउन हुन अनुरोध गरेको हो ।
कमानमा काम गर्ने श्रमिकहरुलाई मास्क लगायत आवश्यक अन्य सुरक्षण सामाग्री उपलब्ध गराई वा प्रयोग गराई काममा लगाउने, चिया श्रमिकले मास्क र आवश्यक सुरक्षण सामाग्री लगाएर मात्र काम गर्ने, कमानमा पत्ति टिप्दा, पत्ती जोख्दा र उद्योग संचालन गर्दा निर्धारित दुरी (२ मिटर) कायम राखी काम गर्ने गराउने गरी उद्योग सञ्चालन आग्रह गरेको हो । काम गर्न शुरु गर्नु अघि अगाडि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , कामबाट फर्किए पछि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने, मजदुरलाई काममा लगाउदाँ अलग अलग क्षेत्र तोकी तोकिएको निश्चित दुरी कायम गरी काममा लगाउने , स्थानीय मजदुरलाई मात्र काममा लगाउनु पर्ने मापदण्ड प्रदेश सरकारले तोकेको छ ।
उल्लेखित वुदाँ वाहेक कोरोना संक्रमण नियन्त्रणका लागि जारी अन्य सुरक्षण विधि अवलम्वन गर्ने । तथा मापदण्ड पुरा नगरी कार्य गरेमा प्रचलित कानून वमोजिम कारवाही हुने समेत मापदण्डमा उल्लेख छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, झापा, जिल्ला प्रहरी कार्यालय, झापा, इलाका प्रहरी कार्यालय, काकरभिट्टा र इलाका प्रहरी कार्यालय, धुलाबारीलाई बोदार्थ दिएको नगर प्रमुख विमल आचार्यले बताए