२०८२ भदौ १२, बिहिवार , ०७:०३:४८ बजे

Sajhamanch
'

गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा धमाधम रकम जम्मा हुँदै

शुक्रवार, चैत २१, २०७६

कमल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न संघ सस्था तथा व्याक्तिबाट धमाधम सहयोग प्राप्त भैरहेको छ ।

गाउँपालिकाले स्थापना गरेको कोषमा विहीबार मात्र कर्णाली बचत तथा ऋण सहकारी सस्था शाखा कमल गाउपालिकामाका संयोजक गौरिमान फागोले ५० हजार रुपैयाको चेक गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गरेका थिए । त्यसैगरी सिम्रिक सहकारी सस्था बिर्तामोडबाट सस्थाका अध्यक्ष कमल बहादुर बस्नेत,सचिव सुवास भट्टराई सहितको टोलीले ५० हजार रुपैयाको चेक गाउँपालिका अध्यक्ष काफ्लेलाई हस्तन्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा नेकपा ३ नम्बर वडाका संयोजक छत्र फागोले १५ हजार मेचु युनेस्को क्लवका अध्यक्ष भिमचन्द्र न्योपानेले १५ हजार तथा उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालले १० हजार रुपैयाको चेक गाउँपािलका अध्यक्ष काफ्लेलाई प्रदान गरेका थिए ।

यो सहित गाउँपालिकाको तर्फबाट विपत व्यवस्थापना छुट्याएको १० लाख सहित कोषमा १६ लाख ५० हजार रुपैया जम्म भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

गाउँपालिकाले स्थापना गरेको कोषमा देश विदेशमा रहनुहुने सम्पुर्ण माहानुभावहरुलाई यो विपद्को वेला सहयोग गर्न काफ्लेले अनुरोध गरेकी छिन् । सहयोग गर्न चाहने महानुभावहरुले एन.एम.वी बैंक केर्खा शाखाको खाता नम्बर ०६४००५८१९६४०००८१ मा रकम गम्मा गर्नसकिने समेत काफ्लेले अनुरोध गरेकी छिन् ।

सम्बन्धित खबर