कमल । विश्व व्यापीरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी गरिएको कामहरुको अनुगमन गरिएको छ । विहीबार झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा जिल्लाका विभिन्न बजार तथा क्वारेन्टाईनको अनुगमन गरेको हो ।
अनुगमनका क्रमममा गाउँ तथा नगरपालिकाले तयार पारेका क्वारेन्टाइन अवस्था बजारमा उपभोग्य बस्तुको आपुर्ति, नागरिकले स्वास्थ्य सेवा पाए नपाएको लगायतका बारेमा अनुगमन गरिएको जनाएको छ ।
अनुगमनका क्रममा सुरक्षित ढंगले सन्चालन नभएका निजिअस्पताललाई सुरक्षित ढंगले सन्चालन गर्न निर्देशन गरिएको छ । त्यसैगरी हरेक झापा बासीमा स्वास्थ्यको पहुच पाउनु पर्ने भएकोले २४ घण्टा अस्पताल खुला राख्नु पर्ने सहायक जिल्ला अधिकारी राईले बताए । झापामा खाद्यन्नको कुनै पनि समस्या नभएको बताइएको छ ।
झापाका विभिन्न क्वारेन्टाईनमा गरी महिला १७६ पुरुष ६९४ जना रहेको र उनीहरु सबै सकुसल रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापका फोकल पर्सन जिवन चौलागाईले बताए ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, नापतौल तथा गुरस्तर विभाग झापाका प्रमुख कमल ओझा, संचारकर्मी लगायतको टोली रहेको थियो