२०८२ जेठ २५, आइतवार , ११:२२:३२ बजे

Sajhamanch
'

मुना चियाले मेची अञ्चल अस्पताललाई १० थान पीपीई सहयोग

बिहिवार, चैत २०, २०७६

भद्रपुर । मुना चियाले मेची अञ्चल अस्पताललाई १० थान पीपीइ सहयोग गरेको छ ।

मेची अञ्चल अस्पतालको प्रशासनिक भवनमा आज मुना चिया सञ्चालक महेशकुमार मित्तलले आफ्ना पिता पुर्खा सत्यनारायण÷मोहनलाल अग्रवालको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

झापाका स्थापित उद्योगी मित्तलले प्रदान गर्नु भएको १० थान पीपीइ राष्ट्रसंघले सिफारिस गरेको र नेपाली सेनाले प्रयोग गर्ने गरेको अत्याधुनिक रहेको मेची अञ्चल अस्पतालका मेसु पिताम्बर ठाकुरले बताए । उनले पीपीइ सेटमा ३ ग्राउनसहित ९ प्रकारका सामग्री रहेको जानकारी दिए ।

उद्योगी मित्तलले २ लाख बराबरको उक्त सामग्री कोरना भाइरस विरुद्धको अभियानमा पहिलो पंक्तिमा उभिएका स्वास्थ्यकर्मीहरुको लागि भएको बताए । जनताको स्वास्थ्य बचाउने महान कार्यमा जुट्नु भएका स्वास्थ्यकर्मीहरुको जीवन रक्षाको दायित्व आफ्नो पनि रहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर