२०८१ मंसिर ८, शनिवार , ०७:४३:०० बजे

Sajhamanch
'

झापा समाज बेल्जियमद्वारा विपद व्यवस्थापनकोषमा १ लाख ५० हजार सहयोग

बिहिवार, चैत २०, २०७६

भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगर पालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमा समाजका झापा फोकल पर्सन तथा भद्रपुर नगरपालिकाको उपप्रमुख चन्द्रमाया श्रेष्ठले नगदै १ लाख ५० हजार रुपैया नगर प्रमुख जीवन कुमार श्रेष्ठलाई प्रदान गरे । नगर प्रमुख श्रेष्ठले सो रकम प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

समाजका अध्यक्ष प्रविण भण्डारी र महासचिव भेषराज श्रेष्ठको अगुवाईमा समाजले संकलन गरेको सो रकम कोरना भाइरसका कारण विपदमा परेका झापाली जनसमूहलाई राहत प्याकेज प्रदान गर्ने उद्देश्यले विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको फोकल पर्सन तथा उपप्रमुख श्रेष्ठले बताए । उनले सोही राष्ट्रबाट आफूले पाउँदै आएको एक महिनाको रु ३० हजार रुपैया विपद व्यवस्थापन कोषमा प्रदान गरिने जानकारी गराए ।

नगर प्रमुख श्रेष्ठले विपदको समयमा भद्रपुरबासीको रक्षार्थ सहयोगको यो रकम सही ढंगले वितरण गरिने जानकारी गराउनु हुँदै दाता झापा समाज बेल्जियमलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित खबर