२०८१ असोज ३, बिहिवार , ०८:३५:३७ बजे

Sajhamanch
'

स्थानीय तहको राहत कोषमा सिम्रिक साकोसको आठ लाख रुपैयाँ

बिहिवार, चैत २०, २०७६

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गर्ने भएको छ ।

संस्थाको आज बिहीबार बसेको संचालक समितिको बैठकले कोरोनाको कारण आक्रन्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न झापा जिल्लाका १५ वटै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको सचिव सुभास भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार संस्थाको केन्द्रीय कार्यलय रहेको बिर्तामोड नगरपालिकाको कोषमा एक लाख रुपैयाँ र अन्य १४ वटा स्थानीय तहको कोषमा ५० हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय भएको हो ।

कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले संस्थाको बिपत ब्यवस्था कोषबाट आड लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सचिव भट्टराईको भनाई छ।

सम्बन्धित खबर