२०८१ असोज ३, बिहिवार , ०४:४४:१५ बजे

Sajhamanch
'

कोभिड- १९: कर्णाली साकोसले विपन्न समुदायलाई ८ लाख रुपैयाँको राहत बाँड्ने

बुधवार, चैत १९, २०७६

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ ।

जिल्लाका सबै १५ वटै स्थानीय तहसँग समन्वय गरी एकद्वार प्रणाली अन्तर्गत उक्त रकम उपलब्ध गराउने निर्णय भएको कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिएका हुन् ।

संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले उक्त राहत प्रदान गर्ने निर्णय गरिएको हो । सबै स्थानीय तहहरुसँग समन्वय गरी एकद्वार प्रणाली मार्पmत रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

त्यसैगरी झापा बिर्तामोड वडा नं. ८ स्थित गरामनी प्रहरी चौकीलाई प्रहरीले प्रयोग गर्ने स्वास्थ्य सामाग्रीसमेत उपलब्ध गराउने निर्णय गरिएको उनले जनाएका छन् । राष्ट्र सेवक प्रहरीहरु दैनिक डिउटीमा खटिनु पर्ने भएकोले कोरोनाको जोखिमबाट बचाउनका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री उपलब्ध गराउनु आवश्यक ठानेर सहयोग गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्बन्धित खबर