![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
शिवसताक्षी । झापाको शिवसताक्षीका विपन्न परिवारलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं–५ ले अति विपन्न वर्गका ११ घर–परिवारलाई खाद्य सामग्री वितरण गरेको हो।
कोरोना भाईरस (कोभिड–१९) को सक्रमणको कारण देशव्यापी लकडाउनसँगै वडाभित्र बसोबास गर्ने अत्यन्तै विपन्न वर्गलाई खाद्य सामग्रीको अभाव हुन नदिन वडा कार्यालयले खाद्य सामाग्री वितरण गरेको जनाएको छ ।
वडा अध्यक्ष सत्यनाराण राजवंशी वडाको घर–घर पुगेर आफ्ना वडाबासीलाई अति आवश्यक खाद्य सामग्री तथा मास्क वितरण गरेका छन्। लकडाउनका कारण विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु जुटाउन समस्या परे पछि वडाबासीलाई खाद्यन्य सामाग्री वितरणमा जुटेको वडाध्यक्ष सत्यनारायण राजवंशीले जानकारी दिए ।
केश्वर कन्ट्रक्सन प्रालिको आर्थिक सहयोगमा प्रति घर–परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी तेल, २ पोका नुन, ४ थान साबुन, मास्क लगायतका सामग्रीहरु प्रदान गरिएको हो ।