२०८१ कार्तिक २, शुक्रवार , ०९:०४:४५ बजे

Sajhamanch
'

सामाजिक सञ्जालको भ्रमः कोरोनाको उपचारमा रहेकी युवती अझै टेकुमा

शनिवार, चैत १५, २०७६

झापा । शुक्रबार दिउँसो कोभिड–१९ भाइरस संक्रमित अर्को एकजना युवा भेटिएको खबर सार्वजनिक हुँदा त्रसित बनेका मनहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारत १९ वर्षीय युवती निको भएर अस्पतालबाट डिस्चार्ज भएको कुरा सामाजिक सञ्जालहरुमा ब्याप्त हुँदा केही रमाएका थिए ।

तर सामाजिक सञ्जालमा ब्याप्त उक्त कुरा भ्रामक रहेको खुलेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत ती १९ वर्षीया युवती अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारत रहेको जनाइएको छ ।

अस्पतालमा उपचाररत ती युवती डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिएका हुन् । कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाको भनाई छ ।

यसैबीच, कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर