२०८१ मंसिर १९, बुधवार , ०१:२७:०६ बजे

Sajhamanch
'

आज शहीद राम थापाको ३०औं स्मृति दिवस

शुक्रवार, चैत १४, २०७६

झापा । आज चैत १४ गते, शहीद राम थापाको ३०औं स्मृति दिवस । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस परिसरमा २०४६ साल चैत १४ गते उनले शहादत प्राप्त गरेको दिन ।

तत्कालीन पञ्चायती व्यवस्थाका समर्थकहरु र बहुदलीय ब्यवस्थाका पक्षपातीहरुबीच भएको दंगामा थापालाई योजनाबद्ध रुपमा क्रुरतापूर्वक हत्या गरिएको थियो । विद्यार्थी नेता राम थापा आई ए दोस्रो वर्षका विद्यार्थी थिए ।

उनको शहादत स्थल मेची क्याम्पस परिसरमा विद्यार्थीहरुद्वारा हरेक वर्ष श्रद्धाञ्जली कार्यक्रम गरिँदै आएकोमा यो वर्ष कोरोना भाइरसको संक्रमणको डरले कुनै कार्यक्रम तय नभएको जनाइएको छ । सबै शिक्षण संस्थाहरु बन्द भएको र कोरोनाको त्रास रहेकाले शहीदलाई मनमनै सम्झेर शक्ति आर्जन गर्नुको विकल्प रहेन, एक विद्यार्थी नेताले भनेका छन् ।

पहिलो जनआन्दोलन २०४६ सालको पहिलो झापाली शहीद थापालाई सम्झेर हरेक वर्ष चैत १४ गते युवा विद्यार्थीहरुले क्याम्पस परिसरमा र्निमित शहीद थापाको शालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाउने गरेका थिए ।

साझामञ्च डटकम परिवार शहीद थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

सम्बन्धित खबर