२०८१ पौष १३, शनिवार , ०३:३७:५१ बजे

Sajhamanch
'

झापाका २५४ जना व्यक्ति क्वारेन्टाइनमा

बिहिवार, चैत १३, २०७६

भद्रपुर । विभिन्न देशबाट स्वदेश आएका २५४ जना व्यक्तिलाई कोभिड १९ (नोवल कोरोना भाइरस) संक्रमणको आशंकामा झापाका विभिन्न क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंले दिएको जानकारी अनुसार एकजना व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनका अनुसार मेचीनगर नगरपालिकामा २७ जना, झापा गाउँपालिका र कनकाई नगरपालिकामा ८–८ जना, बिर्तामोड र गौरादह नगरपालिकामा एक–एक जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी अर्जुनधारामा ५ जना र कचनकवल गाउँपालिकामा ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

हाल भद्रपुरस्थित मेची अस्पतालमा एक जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको चम्लागाईंले बताए । ती शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि एम्बुलेन्स मार्फत् बुधबार काठमाडौं पठाइएको छ ।

यसैबीच, झापामा मात्र २०० जनाले होम क्वारेन्टाइनमा बसेर कोरोनाको आशंकालाई चिर्दै रहेको जनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार ती सबैको रगत तथा स्वाब परीक्षण गरिएको छ ।

सम्बन्धित खबर