२०८१ माघ १०, बिहिवार , ०४:१४:१४ बजे

Sajhamanch
'

कोरोना प्रकोप राहत कोषमा शिवसताक्षी नगरपालिकाले १० लाख जम्मा गर्ने

मङ्गलवार, चैत ११, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना भाईरस प्रकोप रोकथाम राहात कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।

नगर कार्यपालिका र बिपत व्यवस्थापन समितिको बैठकले कोषमा १० लाख जम्मा गर्ने मंगलबार निर्णय गरेको हो । नगरकार्यपालिका सदस्यले पाउने १ महिनाको सुविधा पनि सो कोषमा जम्मा गर्ने निर्णय भएको नगरका प्रवत्ता नविन ईजमले जानकारी दिए ।

नगरपालिकाले विश्व व्यापी रुपमा फैलिरहेको कोभिड १९ भाईरसबाट उत्पन्न परिस्थितिको सामाना गर्न नगरबासीलाई आफुले सकेको रकम जम्मा गर्न समेत अपिल गरेको छ । कोरोना भाईरसको प्रकोप रोकथाम तयारीका लागि बसेकोे बैठकले नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाईनको पूर्वाधार तयारका लागि उक्त रकम खर्च गरिने बताईएको छ । नगरले वडा नम्बर ११ को बच्चावगर स्थित साविकको झरना प्राथमिक विद्यालयलाई क्वारेँटाईन ब्यवस्थापन गर्न आवश्यक तयारी शुरु गरेको जनाएको छ ।

कोषलाई मजवुत बनाउन उद्योगी, ब्यवसायी, बैंक तथा वित्तिय संस्था, क्लव, संघ संस्थाहरुसँग नगरले एक विज्ञप्ती सहित कोषमा रकम जम्मा गरिदिन अपिल गरेको छ । मंगलबारै बसेको बैठकले कोषलाई मजबुत बनाउन कार्यपालिका सदस्यले नगरबाट पाउने १ महिना बराबरको सुविधा जम्मा गर्ने निर्णय भएको छ ।

कोरोना भाईरसको प्रकोपबाट बच्न आवश्यक पर्ने क्वारेण्टाइन ब्यवस्थापनका लागि ११ नं. वडाका वडाध्यक्ष भैरबकुमार श्रेष्ठको संयोजकत्वमा शिवसताक्षी नगर कोरोना भाईरस प्रकोप रोकथाम राहात कोष ब्यवस्थापन समिति गठन भएको छ । सो समितिमा नगर स्वास्थ्य शाखामा प्रमुख, इलाका प्रहरी कार्यालयका झिलझिलेका प्रमुख, नेपाल रेडक्रस सोसाईटी उपशाखा शिवसताक्षीका प्रमुख, उद्योग बाणिज्य संघ, सतासीधाम जेसीज र लायन्स क्लव अफ शिवसताक्षीका प्रमुख सदस्य रहने छन ।

नगर क्षेत्र भित्रका सवै स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मचारीहरु नियमित स्वास्थ्य संस्थामा उपस्थित भई सेवा उपलब्ध गराउन पालिकाले अनुरोध गरेको छ । कसैलाई कोरोना संक्रमणको शंका लागेमा आफ्नो नजिकैको स्वास्थ्य संस्था वा प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका मेडिकल अधिकृत डा. निराजन पराजुलीलाई सम्पर्क गर्न नगरबासीलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर