२०८२ भदौ ११, बुधवार , ०७:४०:०८ बजे

Sajhamanch
'

झापा सदरमुकाममा पनि लकडाउनको उल्लंघन

मङ्गलवार, चैत ११, २०७६

झापा । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्ने संभावना रोक्न सरकारले आजबाट सुरू गरेको ‘लक डाउन’ को पूर्ण रूपमा झापा सदरमुकाममा लागु गर्न नसकिएको देखिएको छ ।

कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाएर सरकारले गरेको ‘लक डाउन’ को कार्यान्वयन झापा सदरमुकाम भद्रपुर चन्द्रगढीमा कम देखिएको हो । विहानैदेखि अटो रिक्सा तथा मोटरसाइकल फाट्ट फुट्ट चलिरहेका छन् भने चौक चौकमा सुरक्षा कर्मीको उपस्थिति भने बाक्लै देखिए पनि ‘लक डाउन’ कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको अवस्था छैन ।

यसै गरी कतिपय व्यक्तिगत निर्माणाधीन भवनमा भारतीय मजदुर आएर काम गरिरहेका देखिन्थे ।

सम्बन्धित खबर