२०८१ मंसिर १२, बुधवार , १२:४०:५१ बजे

Sajhamanch
'

औषधि पसल नियमित सञ्चालन गर्न संघको अपील

सोमवार, चैत १०, २०७६

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले आज वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपील गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागि संघ तयार रहेको बताएका छन् ।

साथै, व्यवसायीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

सम्बन्धित खबर