
गोरखा । अहिले साँझ साढे ६ बजे पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ ।
नेपालगञ्जका लागि पोखराबाट छुटेको ना ५ ख ४२९४ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिएका छन् ।
उनका अनुसार घटनास्थलमा नै तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी रहेको र घाइते १२ जनाको उद्धार भएको ट्राफिक प्रहरी प्रमुख गौलीले बताए ।
बसमा सवार यात्रुको संख्या यकिन भएको छैन भने घाइतेको संख्या धेरै रहेको जनाइएको छ ।