२०८२ भदौ १०, मङ्गलवार , ०८:४४:३१ बजे

Sajhamanch
'

टोलबासीलाई निशुल्क साबुन वितरण

शनिवार, चैत ८, २०७६

भद्रपुर । भद्रपुर १० स्थित वीपी टोल विकास संस्थाले कोभिड १९ (कोरोना भाइरस) संक्रमण बिरूद्ध नागरिक सचेतना कार्यक्रम अन्र्तगत टोल विकास भित्रका घर परिवारलाई निशुल्क साबुन वितरण गरेको छ ।

टोल विकासका अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा टोल भित्र रहेका १३५ घर परिवारलाई नियमित हात धुने बानी निर्माण गरी रोगबाट बच्न पुर्व तयारी स्वरूप साबुन बितरण गरिएको हो ।

भारतको विहार नाकाबाट नेपाल आवत जावत खल्ला रहेका कारण त्यस नाकाबाट कोरोना संक्रमित भद्रपुर क्षेत्रमा प्रवेश गरेको हल्लाले भद्रपुरका स्थानीय त्रसित छन् भने एक जना विरामीको मेची अस्पतालमा आइसुलेसनमा उपचार भइरहेको हल्लाले त स्थानीयमा झन धेरै भय उत्पन्न भएपछि टोल विकासले टोलबासीमा डर त्रास घटाउन घरदैलो मार्फत साबुन वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

सम्बन्धित खबर