२०८१ माघ १३, आइतवार , ०५:१६:३३ बजे

Sajhamanch
'

कमल गाउँपालिकाको अगुवाईमा बजार अनुगमन

शुक्रवार, चैत ७, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड १९) को सन्त्रास फैलिरहेका बेला उपभोग्य वस्तु एवम् औषधीजन्य सामग्रीहरुमा हुनसक्ने कालोबजारीलाई रोक्न झापाको कमल गाउँपालिकाले आजबाट अनुगमन थालेको छ ।

छिमेकी देशसँगका सीमानाकाहरु क्रमशः बन्द हुँदैगर्दा त्यसको असर सामान आपूर्तिमा परेकोले बजारमा भएका सामग्रीको कालोबजारीलाई रोक्न अनुगमन थालिएको पालिकाले जनाएको छ । यस्तो अवस्थामा बजारमा अखाद्य वस्तु र उपभोग्य मिति समाप्त भएका खाद्यान्नको बिक्री बढ्ने भएकोले त्यसलाई रोक्न अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताए ।

उपाध्यक्ष सिवाकाटीको संयोजकत्वमा गाउँपालिका भित्रका क्याम्पा, सरङ्गपाडा, बाँसबारी, सोलमारी, छलफलचोक, ढ्यांग्रे लगायतका भित्रीबजारको आज अनुगमन गरिएको हो । अनुगमन गरिएका बजारबाट उपभोग्य मिति सकिएका कोक, फ्याण्टा, मैदा, दालमोठ, भुजिया लगायतका समग्री भेटिएकोले त्यस्ता समान नष्ट गरिएको थियो ।

सम्बन्धित खबर