२०८१ कार्तिक १, बिहिवार , ०६:५४:४४ बजे

Sajhamanch
'

जेसीजकर्मीको मास्क प्रहरीलाई

शुक्रवार, चैत ७, २०७६

बिर्तामोड । वीरता जेसीजले नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सचेतना कार्यक्रमसहित दुईवटा प्रहरी कार्यालयलाई मास्क प्रदान गरेको छ ।

सो संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरीहरुले प्रयोग गर्नेगरी सय–सय थान मास्क हस्तान्तरण गरेको हो ।

प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न हरेक क्षेत्रमा पुग्नुपर्ने भएकाले कोरोना भाइरसको उच्च जोखिममा पनि उनीहरु नै रहेकाले संक्रमणबाट जोगाउन मास्क वितरण गरेको वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको पनि बताए ।

वीरता जेसीज सदस्यहरुको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई मास्क प्रदान हो ।

सम्बन्धित खबर