२०८१ साउन ११, शुक्रवार , ०८:५३:४९ बजे

Sajhamanch
'

कोरोनाको संक्रमण नभएको पुष्टि

मङ्गलवार, चैत ४, २०७६

सिरहा । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका ९ जनामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।

भारतमा काम गरेर फर्किएका ९ जनालाई कोरोनाको संक्रमण भएको आशंकामा थप उपचारको लागि सिरहा नगरपालिकामा रहेको जानकी मेडिकल कलेज पठाइएको थियो । भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका ९ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ मजानकी मेडिकल कलेज जनकपुरमा थप परिक्षण गरिएको हो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

सम्बन्धित खबर