२०८१ कार्तिक २, शुक्रवार , ०५:३०:५२ बजे

Sajhamanch
'

कोरोना भाईरस विरुद्ध कमल गाउँपालिकाको सचेतना मुलक कार्यक्रम गर्ने

सोमवार, चैत ३, २०७६

कमल गाउँपालिकाले आज विपत व्यावस्थापन समितीको बैठकले नोवेल कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन सचेतना कार्यक्रम गर्ने भएको छ ।

कमल गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटी उपशाखा कमलको सहकार्यमा नोवेल कोरोना भाईरसबाट जोगिनका लागी माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने भएको कमल गाउँपालिकाले जनाएको छ । सबै स्वास्थ्य केन्द्रमा हेल्प डेक्स राखिने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठले जानकारी दिए ।

बैठकले अर्को निर्णय नभए सम्मकालागी गाउँपालिकाको क्षेत्रभित्र समुहमा गरिने सभा संमेलन, भजन कीर्तन, भोजभतेर तथा बैठक नगर्न अनुरोध गरेको छ । बैठकले प्रत्येक वडामा वडा स्तरीय समिती बनाएर कोरोना विरुद्ध सचेतना मुलक कार्यक्रम गर्ने र सोको विवरण हरेक दिन दिनको २ वजे गाउँपालिकामा पठाउनु पर्ने र वडाबाट प्राप्त भएको विवरणलाई गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

नागरिकलाई आतंकित नहुने गरि कोरोना विरुद्ध सचेतना मुलक कार्यक्रम गर्ने बजारमा उपभोग्य बस्तुको अभाव हुन नदिनका लागी बजार अनुगमन गर्नुका साथै र मासु पसल अनुगमन गर्ने र आगामी चैत ६ गतेबाट सुरु हुने एसईई हुने परीक्षामा कमल गाउँपालिका भित्रका ६ वटै केन्द्रमा सावुन पानि समेत राखिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

भाईसबाट संक्रमित व्यक्तिलाई एकसय ४ डिग्री फरेन हाईट ज्वरो आउने, स्वास प्रस्वासमा अत्याधिक समस्या आउने, टाउको दुख्ने लगायका समस्या हुने गर्दछ । यस्ता समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नुहुन कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले अनुरोध समेत गरेका छन् ।

सम्बन्धित खबर