२०८१ पौष १२, शुक्रवार , ०६:५०:४५ बजे

Sajhamanch
'

उपाधिका लागि मुनाल क्लब चन्द्रगढी र झापा एफसी राजगढ भिड्दै

शनिवार, चैत १, २०७६

शान्तिनगर । बुद्धशान्ति गाउँपालिकामा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज मुनाल क्लब चन्द्रगढी र झापा एफसी राजगढ भिड्दैछन् । उपाधि भिडन्त आज दिउँसो ३ बजे बुद्धशान्ति ४ सट्टाभर्ना स्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ ।

यसअघि मुनाल क्लब चन्द्रगढीले आयोजक सृजनसिल युवा समाजलाई र झापा एफसी राजगढले पुर्वेली युथ क्लब बिर्तामोडलाई पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।

फुटवलको माध्यमबाट सामाजिक विकृति, कुसंस्कार, वेतिथि हटाउन चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने प्रतियोगिताको लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष शुकराज कार्कीले बताएका छन् ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार स्थानीय हाल साउदी अरेवियामा रहेका सोनी कार्कीले र प्रतियोगिताको विभिन्न विद्याका पुरस्कार अमेरिकाबाट एसटी तामाङ्गले गर्ने आयोजकका सचिव निर्मल पराजुलीले बताएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने खेल संयोजक नरेन्द्र कुमार जवेगुले बताए ।

सम्बन्धित खबर