२०८१ कार्तिक १, बिहिवार , ०६:५१:५३ बजे

Sajhamanch
'

गौरीगञ्ज गाउँपालिका अध्यक्ष श्रेष्ठलाई मातृशोक

शुक्रवार, फागुन ३०, २०७६

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ वर्षको उमेरमा विहीबार बिहान साढे ५ बजे काठमडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठ लामो समयदेखि फोक्सो सम्बन्धी रोगले ग्रसित रहेको परिवारजनले बताएका छन् । उनका ४ छोराहरू बाबुराजा, सानुराजा, लक्ष्मण र शशीराजा र एक छोरी गीता श्रेष्ठ छन्।

वि सं. २००० साल चैत महिनामा जन्मिएकी मृतक श्रेष्ठको ६ नाति, ६ नातिनी र १ पनाति छन् । उनको पार्थिक शरीरलाई निजी निवासमा ल्याई आज शुक्रबार बिहान स्थानीय गेउरिया घाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबर